दफा
खाब्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति
(१) खाद्य पदार्थको स्वच्छता तथा- गुणस्तर निर्धारणको लागि नेपाल सरकार समक्ष सिफारिस, राय तथा सुझाव पेश गर्न देहाय बमोजिमको एक खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति रहनेछ:-

(क) सचिव, मन्त्रालय - अध्यक्ष

(ख) _ सहसचिव, नेपाल सरकार, उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य

(ग) सहसचिव, नेपाल सरकार, स्वास्थ्य तथा
जनसङ्ख्या मन्त्रालय _ सदस्य

(घ) - मन्त्रालयको खाद्य प्रविधि सम्बन्धी विषय हेर्ने महाशाखा प्रमुख
- सदस्य

(ङ) सहसचिव, वन तथा वातावरण मन्त्रालय _ सदस्य

(च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ - सदस्य

(छ) खाब्य प्रविधि, खाध पोषण वा खाद्च स्वच्छता सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेका र खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा दुईजना महिला सहित तीनजना - सदस्य

(ज) उपभोक्ताको हक हित संरक्षणको क्षेत्रमा कार्यरत संघ, संस्थामध्येबाट मन्त्रालयले मनोनयन गरेको संघ, संस्थाको प्रतिनिधि एकजना - सदस्य

(झ) खाब्य वैज्ञानिक वा प्राविधिज्ञहरूको पेशागत संघ; संस्थाबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य

(ज) नेपाल कृषि अनुसन्धान परिषद्को खाद्य सम्बन्धी विषय हेर्ने मन्त्रालयले तोकेको विज्ञ एकजना - सदस्य

(ट) _ मन्त्रालयले तोकेको खाद्य विज्ञान तथा
प्रविधि सम्बन्धी विषय अध्यापन गर्ने
विश्वविद्यालयका कम्तीमा
उपप्राध्यापकस्तरको विज्ञ एकजना - सदस्य

(ठ) - महानिर्देशक, विभाग _ सदस्य-सचिव

(२) उपदफा (१) को खण्ड (छ), (ज) र (झ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ र निजहरू अर्को एक अवधिको लागि पुनः मनोनयन हुन सक्नेछन्‌।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (छ), (ज) र (झ) बमोजिम मनोनीत सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर विरुद्ध वा यस ऐन विपरीतको कुनै काम कारबाही गरेमा मन्त्रालयले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।

(४) उपदफा (३) बमोजिम पदबाट हटाउनुअघि सम्बन्धित सदस्यलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

(५) उपदफा (१) को खण्ड (छ), (ज) र (झ) बमोजिम सदस्य मनोनयन: गर्दा समावेशी सिद्धान्तका आधारमा गर्नु पर्नेछ।

(६) समितिको सचिवालय विभागमा रहनेछ।